मुक्ति तिवारी
नवलपरासी,पश्चिम्
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पुर्ण रुपमा अवरुद्ध बनेको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोलामा रहेको पुल भाँचिएको हो ।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ ।यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका एसपी यादव ढकालले हाम्रो आखालाई जानकारी दिनु भयो ।
वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा रोकिएका छन।
पुलमा एउटा लरी सेत फसेको र उक्त लरी निकाल्न समेत कठिनाई भएको प्रहरीको भनाइ छ ।शीत लहरका कारण तीन दिन सम्म अवरोध बनेको सडक आज बाट मात्रै सहज रुपमा संचालनमा आएको थियो ।पुन पुल भाचिदा यात्रुहरु निकै मर्कामा परेका छन ।