नवलपरासी ।पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गायपालिकाकाे काे १७अाै गाउसभा तथा हिउदे अधिबेशन सम्पन्न भएकाे छ । बेलाटारीमा भएकाे हिउदे अधिबेशन मा बिभिन्न कार्यबिधि ,निर्देशिका तथा कार्यक्रम सन्धाेधन गरि सर्बसम्मति रुपमा पारित भई सम्पन्न भएकाे हाे ।प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षता मा भएकाे कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
हिउदे सभाबाट खानेपानी तथा सरसफाइ समितिकाे गठन तथा सन्चालन सम्बन्धि कार्यबिधि,कृषक समूह गठन तथा ब्यवस्थापन कार्यबिधि,कृषि बिकास कार्यक्रम सन्चालन सम्बन्धि कार्यबिधि,बजार अनुुुगम निर्देशिका ,युवा समूह गठन तथा ब्यवस्थापन कार्यबिधि,महिला समूह गठन तथा ब्यस्थापन कार्यबिधि,खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यबिधि,उपेक्षित उष्ण प्रदेशिय राेग प्रभाबित नागरिककाे लागि स्वयम् हेरचाह समूह गठन ब्यवस्थापन तथा परिचालन सम्बन्धि कार्यबिधि,प्रतापपुर सभा सन्चालन कार्यबिधि,प्रतापपपुर गाउपालिका बेैठक सन्चालन सम्बन्धि कार्यबिधि,शिक्षक स्वर्णीम अवकाश याेजना कार्यक्रम कार्यन्वयन कार्यबिधि , निजि जग्गा काे माटाे उत्खनन तथा अाेसार पसार सम्बन्धि कार्यबिधि,टाेलबिकास समिति गठन सम्बन्धि कार्यबिधि,प्रतापपुर अध्यक्ष छात्रवृत्ति कार्यक्रम सन्चालन कार्यबिधि,अाधारभुत अस्पताल ब्यवस्थापन तथा सन्चालन कार्यबिधि लगायत पारित गरिएकाे प्रतापपुर गाउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरी ले जानकारी दिनु भयाे ।
यस्तै गरि महिला सामुदायिक स्वस्थ्य स्वसेविका लाई मासिक याता खर्च निर्देशिका, शिघ्र कुपाेषित बालबालिका खाेजतलास कार्यक्रम सन्चालन निर्देशिका,फिल्ड खाेप क्लिनिक र गाउ घर क्लिनिक कार्यक्रम खटिने कर्मचारी काे लागि यातायात खर्च सम्बन्धि निर्देशिका ,गर्भवति सुत्केरी नवजात शिशुलाई जटिल अवस्थामा अाकस्मिक प्रेषण यातायात खर्च सहयाेग निर्देशिका समेत पारित गरिएकाे बताईएकाे छ ।
विभिन्न वडा बाट अाएकाे कार्यक्रम सन्साेधन प्रस्ताव लाई सर्वसम्मत ले पारित गरिएकाे बताईएकाे छ ।कार्यक्रम मा बाेल्दै सभाका अध्यक्ष उमेश चन्द्र यादव ले अाफुले निर्वाचनमा गरेका प्रतिबद्धताहरुले पूरा गर्दै गरेकाे बताउनु भयाे ।अझैपनि केही कामहरु बाकि रहेका छन त्याे पनि मेराे कार्यकाल मा पूरा हुने बिश्वास ब्यक्त गर्नु भयाे।प्रतापपुरकाे स्वास्थ्य ,शिक्षा,सडक ,कृषि,लगायतकाे क्षेत्रमा सुधार भएकाे बताउनु भयाे।प्रमुख प्रशासकिय भवन ,विभिन्न स्वास्यचाैकि ,वडा कार्यालयहरु लगायतका ठाेस कामहरु सम्पन्नकाे अन्तिम चरणमा रहेका छाै भने रिङराेड सम्पन्न गरेका छौ”अध्यक्ष यादवले भन्नु भयो”।
विभिन्न ठाउमा पुल,बिभिन्न वडाका भवनहरु जिर्णअवस्थामा रहेका भवन निर्माण गर्नु पर्ने लगायतका काम हरु बाकि रहेकाले अाफ्नै कार्यकाल मा निर्माण गरि सम्पन्न गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अाफु ले निर्वाचन मा गरेकाे प्रतिबद्धता लाई जसरी पनि पूरा गर्ने बताउनु भयाे ।