यातायात कार्यालय परासीबाट चारपांग्रे सवारी चालक अनुमतिपत्र वितरण सुरु

  • hamroaakha
  • / समाचार /
  • २०८१ पौष २४, बुधबार (३ महिना अघि)
  • ९६ पटक पढिएको

नवलपरासी

यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।

कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चारपांग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए ।

कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस