नवलपरासी,पश्चिम्
निर्दयतापुर्बक कुकुरहरु मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनिहरुले १ माउ कुकुर र ५ वटा बच्चालाई नारायणी नदि किनारमा निर्दयतापुर्वक मारेका छ्न ।कुकुर मारिरहेको भिडियो सामाजिक संजालमा पोष्ट भएपछि गुनासोका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका ५ बेलहानी बस्ने बर्ष ३३ का राजकुमार सारु मगर र भिडियो बनाई सामाजिक संजालमा पोष्ट गर्ने सोही ठाउँ बस्ने बर्ष २८ का अमन कुमार चिडी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
निजहरुको उक्त कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन गरेको कसुरमा संलग्न निज ब्यक्तिहरुलाई जिल्ला अदालत परासी बाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।