बाघले एउटै खोरका ७ वटा बाख्रा मार्यो

  • hamroaakha
  • / समाचार /
  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • १०० पटक पढिएको

मकवानपुर

मकवानपुरमा आज बिहान बाघले आक्रमणबाट ७ वटा बाख्रा मरेका छ्न । मकवानपुरको मनहरी गाउँपालिका-५ बसन्तपुर स्थित स्थानिय सुर्य बहादुर मोक्तानको घर नजिकैको खोरमा पसि ७ वटा बाघ मारेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान करिब ५ बजेको समयमा बाख्राको खोरमा ७ वटा बाख्रा मारी सोही मध्ये १ वटा बाख्रा बाघले नै जंगल तर्फ लिई गएको स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस अघि सोही बाघले हिजो बेलुकी स्थानिय ७२ बर्षीया कान्छीमाया रुम्बाको ज्यान लिएको थियो ।

बाघलाई नियन्त्रणमा लिन पर्सा बन्यजन्तु आरक्षणबाट २ वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तान र चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटि आएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस