नवलपरासी,पश्चिम्
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एक महिनामा १ सय २६ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
मंसिर ६ देखि पुस ६ गतेसम्म १ सय २६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालतमा पेस गरीएको हो । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएर अभियुक्तहरु पक्राउ गर्ने गरेको छ ।
अदालतबाट कैद र जरिवाना फैसला भएर फरार भएका प्रतिवादी पक्राउ गरेर ४८ वर्ष १ महिना २७ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको पुस ५ गते सम्ममा ३ सय ४६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरीएको प्रहरीले जनाएको छ ।