बर्दघाटको वडा नम्बर ५ मा बिहे गर्नु पुर्व वडाको सिफारिस अनिवार्य

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ पौष ५, शुक्रबार (३ महिना अघि)
  • १४७ पटक पढिएको

नवलपरासी,पश्चिम्

बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा विवाह गर्नु पूर्व वडाको अनिवार्य अनुमति सिफारिस लिनुपर्ने भएको छ । वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्व वडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको हो ।

बिहेबारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष विमला गुरुङले बताउनुभयो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नु पूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ ।गत कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस