नवलपरासी
निजामती कर्मचारी युनियनको प्रथम भेला तथा अधिवेशन बाट बर्दघाट नगर अध्यक्षमा टङ्कनाथ भण्डारी चयन हुनु भएको छ ।
उपाध्यक्षमा सुर्य प्रसाद पाण्डे,उपाध्यक्ष समावेशि तर्फ सुदिपा शर्मा,सचिवमा ज्ञान प्रसाद न्यौपाने,सहसचिवमा जीवन न्याैपाने र कोषाध्यक्षमा कृष्ण पराजुली चयन हुनुभएको छ ।भण्डारी बर्दघाट नगरपालिका वडा नम्बर १४ मा वडा सचिवको रुपमा कार्यरत हुनुहुन्छ ।
सदस्यहरूमा क्रमश:कृष्ण पराजुलि,सपिल खनाल,लक्ष्मण कण्डेल,नरिसरा गाहा,माला
गुरूङ्ग,रेनु राई चाैधरि,माेहन चाैधरि सर्वसम्मत भएका छ्न ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले कर्मचारीले कसैको डर त्रास,आग्रह पुर्वाग्रहमा नपरी कार्यसम्पादन गर्नु पर्नेमा जोड दिदै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाटै प्रतिफल प्राप्त हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष एवम् सामाजिक बिकास समिती सम्योजक भिमकाजी गुरुङ,नगर प्रवक्ता सन्तबहादुर गाहा लगायतको उपस्थिति रहेको थियो ।