नवलपरासीमा काङ्ग्रेसको सय दिने विशेष अभियान सुरु

 

नवलपरासी

नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर बमोजिम देशभरिका सबै जिल्लामा १ सय दिने विशेष अभियान सुरु भएको छ ।नेपाली काङ्ग्रेसले नवलपरासीमा पनि आजबाट अभियानको सुरुवात गरेको हो ।

प्रतापपुर ७ स्थित गुठी सुर्यपुरा बिपि चोकबाट कार्यक्रम सुरु गरिएको हो ।नेपाली काङ्ग्रेस संघीय क्षेत्र नम्बर १ का सभापति मुकुल कुमार आचार्यको अध्यक्षता एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र बहादुर केसिको प्रमुख आतिथ्यतामा विशेष अभियान आज बाट सुरु भएको बताईएको छ ।

अभियानको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय सदस्य केसिले काङ्ग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजानु नै अभियानको सार्थकता रहने उल्लेख गर्नु भयो ।पार्टी भित्रका मतभेदलाई चिर्दै एकताको सन्देश दिनु नै अभियानको मुल उदेश्य रहेको उहाँले बताउनु भयो ।

अभियानको उदेश्यमाथी प्रकाश पार्दै लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले काङ्ग्रेसलाई युग सुहाउँदो पार्टी बनाउनका निम्ति आम कार्यकर्ताकै माझ बाट सुझाव लिनका लागि अभियान सुरु भएको बताउनु भयो ।खनालले संगठन भित्रको आन्तरिक समस्याको समाधानको खोजी सगै पार्टी एकजुट बनाउनु नै अभियानको उदेश्य भएको प्रस्ट्याउनु भयो ।मुलुकमा ब्याप्त निराशाका कारण अब आर्थिक रुपान्तरणको जिम्मेवारी पनि काङ्ग्रेसको काधमा आएको महामन्त्री खनालको भनाई थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिती सदस्यहरु,जिल्ला कार्यसमितिका पदाधिकारी,भातृ सस्थाका अध्यक्षहरु,विभिन्न तहमा रहेका नेतृत्व तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय बढी नेता कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेको बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस