सुनवलमा निलगाईले हानेर दुई जना घाईते,बुटवलमा उपचार हुँदै

  • hamroaakha
  • / समाचार /
  • २०८१ मंसिर १७, सोमबार (४ महिना अघि)
  • १२७ पटक पढिएको

 

नवलपरासी

पश्चिम् नवलपरासीको सुनवलमा निलगाईले हान्दा दुई जना घाईते भएका छ्न ।सुनवल नगरपालिका वडा नम्बर ६ बिशासय स्थित भित्री सडक खण्डमा बाटोमा पैदल हिडिरहेका दुई जनालाई निलगाईले आक्रमण गरेको हो ।

निलगाईले हान्दा सुनवल ६ बस्ने बर्ष ६० को शेषनाथ कुवर र सोही ठाउँ बस्ने बर्ष ६५ को रामबहादुर खाती घाईते भएका छन ।कुवरको दुबै खुट्टामा चोट लागेको र खातीको छाती र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

:फाईल फोटो

घाईते दुबैको अवस्था मध्यम रहेको र उनिहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस