नवलपरासीबाट खैरो हेरोईन सहित एक जना पक्राउ

  • hamroaakha
  • / समाचार /
  • २०८१ मंसिर १७, सोमबार (४ महिना अघि)
  • १३१ पटक पढिएको

नवलपरासी,पश्चिम्

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पश्चिम् नवलपरासीको रामग्राम १२ स्थित पचगावाँ बस्ने बर्ष ३५ का दिपेन्द्र चौधरी पक्राउ परेका हुन ।

आफ्नै घरबाट लागुऔषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा घर खानतलासी गर्दा निज सुत्ने कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १५ पुरिया नखोलेको र १ पुरिया खुला रहेको १७ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

चौधरीलाई जिल्ला अदालत परासीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस