हतारमा उद्घाटन भएको १५ दिन सम्म कार्यालयको ताला बन्द, छैन विद्युत मिटर

  • hamroaakha
  • / अन्य /
  • २०८१ मंसिर १०, सोमबार (४ महिना अघि)
  • १२२ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना गरिएको लुम्बिनी प्रदेश सरकार अन्र्तगतको सडक पुर्वाधार कार्यालय उद्घाटनको १५ दिन हुदा पनि संञ्चालनमा आउन सकेको छैन् ।

भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको कार्यालयको गत कात्र्तिक २६ गते मन्त्री भुमिश्वर ढकालले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यालय नवलपरासीमा प्रदेश सरकार अन्र्तगतको कार्यक्रमको रुपमा स्वभाविक रुपमा स्थापना हुने भएपनि कार्यालय आफ्नो पहलमा आएको भन्दै जस लिन होडबाजी गर्ने नेता तथा जनप्रतिनिधि भने १५ दिन बितिसक्दा समेत कार्यालय संञ्चालनमा नआउदा बेखबर बनेका छन् ।

कार्यालयमा सामान्य फर्निचरको समेत व्यस्था नगरी बिना तयारी उद्घाटन गरिएको कार्यालय उद्घाटनको दिन देखिनै बन्द छ । बर्दघाट स्थापना हुने कि परासी भन्ने चर्चाका बिच जिल्ला समन्वय समितिको रामग्राम ४ महेसपुर रोडमा निर्माण हुदै गरेको भवनको तल्लो तलामा कार्यालय राखिएको छ ।

तर उक्त भवनमा हाल सम्म विद्युत समेत जडान नभएका कारण कार्यालय संञ्चालन गर्न नसकिएको कर्मचारीहरुको भनाई छ ।
अहिले सम्म मन्त्रालयले कार्यालय संञ्चालनका लागी आवश्यक खर्चको व्यवस्थापन, योजना विवरण उपलब्ध गराएको छैन् । कार्यालयको प्रमुख तोकिएका ईन्जिनियर हितेन्द्र रायमाझिले कार्यालय उद्घाटन भएपनि परासीमा बसेर काम गर्ने वातावरण नभएकाले रुपन्देहिमै रहेको कार्यालय मार्फत काम गरिरहेको बताउनुभयो ।

कार्यालयलाई आवश्यक समाग्रीको पनि अभाव छ, फर्निचर पनि छैन्, विद्युत मिटर समेत जडान भएको छैन्, कसरी कार्यालय चलाउन सकिन्छ रायमाझिले भन्नुभयो ।

नवलपरासी बाहेक प्रदेशका सबै जिल्लामा यसअघिनै सडक पुर्वाधार कार्यालय स्थापना भईसकेको थियो, नवलपरासीको काम रुपन्देहि जिल्लाले हेर्दे आएकोमा जिल्लामै कार्यालय स्थापना भएपछि काममा सहज हुने अपेक्षा भएपनि उद्घाटनको हतारोले मात्र कार्यालय संञ्चालनमा आउन सकेको छैन् ।

विद्युत समेत व्यवस्था नभएको कार्यालयमा कार्यालय स्थापना गरि उद्घाटनको हतारो गर्नु सस्तो लोकप्रियता मात्रै भएको सर्वसाधारणको भनाई छ । जिल्लामा सडक र पुलको काम हेर्ने गरी कार्यालय स्थापना भएको हो तर ठेक्का लगाउने तथा सडक मर्मत सम्भार गर्नुपर्ने समयमै कार्यालय बन्द हुदा कर्मचारीलाई समेत काममा असहज भएको छ ।

कार्यालय सञ्चालनका लागि आठौं तहका एक इन्जिनियरसहित १३ जना कर्मचारीको दरबन्दी तोकिएको भएपनि अहिले ७ जना जति कर्मचारी बाट कार्यालय संञ्चालनमा आउने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस