पश्चिम् नवलपरासीको सरावलबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।आईतवार सरावल गाउँपालिका वडा नम्बर १ स्थित बासा नयाँटोलबाट घरमै पार्किङ गरि राखिएको अवस्थामा लु ९३ प ८१०९ र लु ८२ प ५८७३ नम्बरका दुईवटा पल्सर मोटरसाइकल चोरी भएको थियो ।
प्रहरी सिसिटिभी फुटेज र जिपिएस ट्र्याकिङ्का आधारमा चोरीमा संलग्न रहेका दुबै जनालाई पक्राउ गरेको छ ।चोरी कार्यमा संलग्न रहेका रुपन्देहीको ओमसतिया गाउपालिका ५ बस्ने बर्ष २४ को मोहमद हुसेन र सोही ठाउँ बस्ने बर्ष २९ को गोबिन्द हरिजन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।पक्राउ परेका दुबैलाई अदालत्बाट ७ दिनको म्याद थप भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।