लामो समय रोकिएको खजुरा पुल निर्माण सुरु

  • hamroaakha
  • / अन्य /
  • २०८१ मंसिर ४, मंगलबार (४ महिना अघि)
  • ४५० पटक पढिएको

 

लामो समय सम्म निर्माण रोकिएको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोला पुलको निर्माण पुन:सुचारु भएको छ ।

संघीय योजना अन्तर्गतको उक्त पुल बजेट सुनिस्चितता नहुदा निर्माण अलपत्र परेको थियो ।प्रतिनिधि सभा सदस्य बिनोद कुमार चौधरीले बैकल्पिक उपाय सहितको करिब ५ करोडको बैङ्किङ सुनिश्चितताको ब्यवस्थापन गरेपछि काम सुरु भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

“सस्थापक वडा अध्यक्ष सुक बहादुर गुरुङको सकृयता सँगै हामिले पनि निकै पहल गर्यौ,आशा छ अब रोकिदैन”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

निर्माण अलपत्र हुदा निकै चर्चा र पेचिलो विषय बनेको खजुरा पुल अब नियमित रुपमा निर्माण भै सम्पन्न हुनु पर्नेमा स्थानियहरुको जोड रहेको छ ।बजेट अभावकै कारण काम गर्न नसकेको ठेकेदार कम्पनीले बताउदै आएको थियो ।

बर्दघाट नगरपालिकाले ताकेता गरि जिल्ला प्रशासन कार्यालय मार्फत निर्माण कम्पनीलाई सम्पर्कमा ल्याईएपछी पहिलो फाउन्डेसन तयार भएर निर्माण ठप्प भएको थियो ।निर्माण कार्य आज बाट सुरु भएको र नियमित रुपमा नै हुने वडा नम्बर १६ का सस्थापक वडा अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस