उखु क्रसिङको समय सुरु,सर्मथन मुल्य तोक्न नवलपरासीका कृषकको माग

  • hamroaakha
  • / अन्य /
  • २०८१ मंसिर ३, सोमबार (४ महिना अघि)
  • ९९ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उखु क्रसिङ्गको सिजन सुरु भईसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाई गरेको प्रति किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

समयमै उखुको समर्थन मूल्य तोके किसानहरूले उद्योगलाई उखु बिक्री गर्न पनि सहज हुने र ठगिनु नपर्ने किसानहरूको भनाइ रहेको छ । नगदे वालीको रूपमा रहेको उखुको उत्पादन लागत र चिनीको वर्तमान बजार मागको आधारमा सर्मथन मूल्य तोक्न उखु उत्पादक कृषक समितिले माग गरेको छ ।

किसानहरूले उखु काट्न सुरु गरिसकेकाले सरकारले तत्कालै मुल्य निर्धारण गर्नुपर्नेमा उखु उत्पादक कृषक समिति लुम्बिनीका अध्यक्ष तथा प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जोड दिनुभयो । जिल्लामा रहेका चिनि उद्योगहरूले मिल संचालन गर्न सुरु गरेकाले तत्काल उखुको मूल्य तोक्नु आवश्यक रहेको समितिको भनाई छ ।

तर सरकारले विभिन्न चरणमा छलफल गरेपनि उखुकोन्यनतम सर्मथन मुल्य तोक्न सधै आलटाल र ढिलाई गर्ने गरेको छ । किसानहरुले दशैँ अगाडीनै सर्मथन मुल्य तोकिदिएमा धेरै सहज हुने बताउदै आएका छन ।

यस वर्ष नवलपरासीमा बढिमा २० लाख क्वीन्टल उखु उत्पादन भएको समितिको अनुमान छ । बिगतका वर्षहरूमा उखु बिक्री बापतको भुक्तानी समयमा नपाएका कारण किसानहरूले उखुको बिकल्पमा केरालगायतका अन्य बालि लगाउन थालेपछि उखुको उत्पादन घटेको हो । तर गत वर्षको तुलनामा यस वर्ष उत्पादन वृद्धि भएको अनुमान छ । जिल्लामा चार वटा चिनि उद्योगले किसानको उखु खरिद गर्ने गरेका छन् ।

सरकारले समयमै न्यूनतम समर्थन मुल्य नतोक्दा उद्योगहरूले पुरानै वर्षको मुल्यको आधारमा उखु खरिद गर्ने र धेरैले भेली बनाउने उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य हुदा किसानलाई घाटा हुने गरेको छ । अहिले जिल्लामा भेली उद्योग संञ्चालनमा आउन लागिसकेका छन् । कति भेली उद्योग सिजन अनुसार संञ्चालनमा आउछन् एकिन विवरण समेत छैन् ।

बिना दर्ता समेत संञ्चालनमा ल्याउने भएकाले अहिले किसानले कति उखु भेली उद्योगलाई दिए भन्ने बारे पनि एकिन गर्न कठिन छ । नवलपरासी उखुका लागी उर्वर क्षेत्र भएपनि उद्योगहरुले समयमा भुक्तानी नगर्दा किसान अन्य खेतितिर पलायन भएपछि उत्पादन घटेको थियो । अहिले फेरि विस्तारै उत्पादन वृद्धि हुन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस