नवलपरासी,पश्चिम्
बर्षौ सम्म हुलाकी राजमार्ग नबन्दा जनता आजित मात्रै होईन आक्रोसित बनेका छन ।बाटो नबनेपछी जनप्रतिनिधि नै आमरण अनशन बसेपछी पटक पटक भएको सहमति कार्यान्वयन नभएपछि यस क्षेत्रका नागरिक र जनप्रतिनिधि नै आजित बनेका हुन ।
नारायण चोकदेखि प्रतापपुर बेलाटारी हुलाकी राजमार्गको ६.५ किलोमिटर सडक ६ बर्ष सम्म निर्माण नभएपछि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव सहितका जनप्रतिनिधि आमरण अनशन बसेका थिए।सो पश्चात् सम्बन्धित ठेकेदार पक्ष,लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकाल र जनप्रतिनिधि बिच काम सुरु गर्ने भनी भएको सममती कार्यान्वयन हुन सकेन ।
सहमति कार्यान्वयन नभएपछि य विषयमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पुनः ध्यानाकर्षण गराउनु भएको हो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै हुलाकी राजमार्गको विषयमा सरोकारवालाहरुलाई पुनः ध्यानाकर्षण गराउनु भएको छ । अध्यक्ष यादवले नारायण चोकदेखि बेलाटारी हुलाकी राजमार्गको ६.५ किलोमिटर सडक समयमा निर्माण नगरिएको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।
यसअघि अध्यक्ष यादवले जनप्रतिनिधिहरुको रिले अनशन र आमरण अनशन गर्दै दवाद दिनु भएको थियो । आमरण अनशन बसेर दवाद दिनु भएका अध्यक्ष यादवलाई २०८१ असोज २ गतेदेखि काम शुरु गर्ने भनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अनसन तोड्नु भएको हो ।
काम शुरु गर्ने भनिएपनि हालसम्म काम शुरु नहुँनु दुखद भएको भन्दै अध्यक्ष यादवले अझै पनि सम्बन्धित पक्षहरु गम्भीर नभए कडा संघर्षको बाटो अख्तियार गर्ने चेतावनी दिनुभएको छ । “हामिले घचघच्याउने हो,ताकेता गर्ने हो,अनशन बस्यौ पटक पटक आन्दोलित बन्यौ,पटक पटक सहमति तोडिन्छ संघर्ष गर्नु बाहेक हाम्रो हातमा अन्य कुरा पनि रहेन,कुनै कसर छोडेका छैनौ,अब अन्तिम संघ र्ष हुनेछ त्यो अकल्पनीय हुन्छ”यादवको चेतावनी छ।भोलि नै यस बिषयमा संघिय सरकारका भौतिक पुर्वाधार मन्त्रीलाई जानकारी गराईने यादवले जानकारी दिनुभयो ।
सो सडकखण्ड बज्र महालक्ष्मी जे.भी.कम्पनीले ठेक्का लिएको ६ पुगेको छ । यस अघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले शुरुगर्नु भएको आन्दोलनका कार्यक्रमलाई अन्य ६ वटै पालिकाले एक्यवद्धता जनाएका थिए ।
आन्दोलन पश्चात् काम सुरु गरेझैं गरेको कम्पनिले पुनः काम बन्द गरेको छ ।हुलाकी सडक आयोजना र प्रदेश सरकारले समेत निर्माण कम्पनीलाई कुनै ताकेता गरेको छैन ।स्वम मन्त्री नै उपस्थित भएर अनशन तोडिए सगै बाटो नबन्दा अनशन सगै सहमति समेत तोडिए झै बन्न पुगेको छ ।