नगरप्रमुखद्वारा जन्मोत्सवमा शैक्षिक सामाग्री बितरण

 

जन्मोत्सवको अवसर पारेर बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिद्यार्थी बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको ज्ञानज्योती माबिमा अध्ययनरत ९३ जना बिद्यार्थी हरुका लागि नगरप्रमुख श्रेष्ठले झोला बितरण गर्नु भएको हो ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई शैक्षिक क्षेत्र वा अन्य सामाजिक कार्यमा लगाउन समेत श्रेष्ठले आग्रह गर्नु भयो ।आफु गाबिस अध्यक्ष हुँदा बखत नै सोही बिद्यालयको बिकास निर्माणको सन्दर्भ र भुमिकालाई स्मरण गर्दै नगरप्रमुख श्रेष्ठले जन्मोत्सव वा कुनै अवसरमा बिद्यालय सग जोडिदा उक्त कार्यले बिद्यालयको गुणस्तर सुधारमा समेत टेवा पुग्ने बताउनु भयो ।

“हामिले यो बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा लिएका छौ,यसर्थ पनि हरेक गतिविधिमा बिद्यालय सग जोडिदा अपन्त्व पनि हुन्छ,हामी सबैको सहकार्यले नै सुधार गर्दै जाने हो “नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल,शिक्षा शाखा प्रमुख लोकराज पन्थी,स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस