कावासोतीमा जुवा खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका डीएसपी जेसी शाहका अनुसार कावासोतीको बजारका दुई फरक–फरक ठाउँमा जुवा खेल्दै गरेको समूहलाई १ लाख ३१ हजार नगदसहित गए राति पक्राउ गरिएको हो । उनीहरूलाई जुवा ऐन अनुसार कारबाही अघि बढाइएको छ ।
जुवाडेहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । तिहार बिदा सकिएर कार्यालय खुलेपछि उनीहरूलाई मुद्दा चलाइने प्रहरीले जनाएको छ ।