राजेन्द्र लिङ्देनको प्रश्न : प्रधानमन्त्री भएको सय दिन नपुग्दै व्यापारी सग जगा लिनु भ्रष्टाचार होकि होईन!

  • hamroaakha
  • / राप्रपा /
  • २०८१ कार्तिक १४, बुधबार (५ महिना अघि)
  • ११८ पटक पढिएको

नवलपरासी,पश्चिम्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रधानमन्त्री ओलिले प्रधानमन्त्री भएको एक सय दिन नपुग्दै ब्यापारी सग जगा लिनु भ्रष्टाचार होकि होईन भनेर प्र्श्न गरेका छन । लिङ्देनले आफ्नो पार्टीले बिगतदेखी नै उठाएका मुद्धाहरु प्रमाणित भैसकेको बताए ।भ्रष्टाचार विरुद्ध शुसासनका पक्षमा बिगतदेखिनै आफुहरुले उठाउदै आएका सवालहरुमा आफुहरु कहिल्यै नचुकेको उल्लेख गर्दै उनले मुलुकमा अब राप्रपाको बिकल्प नभएको दावी गरे ।

राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न आज पश्चिम् नवलपरासी आईपुगेका पुर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले पुराना दल को बिकल्प खोज्नु पर्ने बेला आएको उल्लेख गर्दै नयाँ भनिएका दलपनी काठमाडौमै रोमलिएको
बताए ।

“हामिले भन्दै आएका थियौँ भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह हो ,हामी सरकारमा पनि केही समय रह्यौ यहाँ सम्म आईपुग्दा एक रुपैयाँको भ्रष्टाचार गरेनौ,बोलेमा कुरा ब्यवहारमा पनि प्रमाणी त गर्यौ,यसर्थ हामिले बोलेका कुराहरु जनतामाथ प्रमाणित भैसक्यो”अध्यक्ष लिङ्देनले भन्नू भने ।

मुलुक निर्माणका सन्दर्भमा,बिकास निर्माणको दुरदर्शिताका सन्दर्भमा ,सनातन हिन्दुराष्ट्र,राष्ट्र र राष्ट्रियताको सवालमा राप्रपा बाहेक अब कुन दल बाकी रह्यो भन्ने कुरा जनाताले गहिरो गरि सोच्नु पर्ने बेला आएको लिङ्देनले बताउनु भयो ।लाखौ युवा शक्ति बिदेशीनु पर्ने अवस्थाका कारण गाउहरु रित्तिएको भन्दै उहाँले युवा पलायन रोक्नु पर्नेमा समेत जोड दिए ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राप्रपा उपाध्यक्ष एवं पुर्व कानुन मन्त्री ध्रुब बहादुर प्रधान,राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदय लगायतले राष्ट्रियताका मुद्दाहरुमा राप्रपा दृढ भएर अघि बढ्ने बताए ।अधिवेशनले बासुदेव खनालको अध्यक्षतामा २३ सदस्य कार्यसमिति सर्वसम्मत गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस