बर्दघाट नगरपालिकाद्वारा मालपोत कार्यालयमा दुईवटा शौचालय निर्माण

  • hamroaakha
  • / समाचार /
  • २०८१ कार्तिक १२, सोमबार (५ महिना अघि)
  • १६९ पटक पढिएको

 

नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भुमिसुधार तथा मालपोत कार्यालय परासीमा दुई वटा शौचालय निर्माण गरिदिएको छ । निर्माण सम्पन्न भएको ति शौचालय आज देखि सेवाग्राहिले प्रयोग गर्ने गरी खुल्ला गरिएको मालपोत कार्यालय परासीले जनाएको छ । सेवाग्राहिको धेरै भिड हुने कार्यालय भएकाले सहयोग स्वरुप झन्डै ६ लाख बराबरको लागतमा दुई वटा शौचालय निर्माण नगरपालिकाले गरिदिएको हो ।

जिल्लाका सातै पालिकाका सेवाग्राहीले सेवा लिने कार्यालयमा सेवाग्राहिको चाप हुने भएकाले आम सेवाग्राहीको सहजताका लागि शौचालय निर्माणमा सहयोग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

ति शौचालय घुम्ति रुपमा अन्य स्थानमा पनि लान मिल्ने गरी स्थापना गरिएको छ । “मालपोत कार्यालयमा धेरै सेवाग्राहि भिड हुने भएकाले सेवाग्राहीको सहजताका लागी सबैले सहयोग गर्नुपर्छ भन्ने उदेश्यले शौचालय निर्माणमा सहयोग गरेका हौ”नगर प्रमुख सम्भुलाल श्रेष्ठले भन्नुभयो ।बिकास निर्माणमा सबै सेवाग्राहिले लाभ लिन सक्ने गरि सबै पालिकाहरु मिलेर साझा कार्यक्रम ल्याईनु पर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस