नवलपरासी
सोझै किसानले आवेदन दिन पाउने भएपछि कृषि ज्ञान केन्द्र नवलपरासीमा सिचाँईको पुर्वाधार निर्माण र यन्त्र उपकरण खरिदका लागी ६ सय बढिको निवेदन परेको छ । सिचाँई सहित कृषि विकास कार्यक्रम अन्र्तगत ज्ञानकेन्द्रले २१ दिने सुचना जारी गर्दे निवेदन माग गरेकोमा अनुदान माग गर्नेको ज्ञानकेन्द्रमा घुईचाँे लागेको हो ।
५० लाख बजेट रहेको सिचाँई सहित कृषि विकास कार्यक्रमका लागी कुल ६ सय २६ किसानको आवेदन परेको छ । गत वर्ष देखि कृषि समुह, फर्म बाहेक सोझै किसानले समेत माग निवेदन दिन पाउने भएपछि सिचाँई पुर्वाधारका लागी किसानहरु अनुदान तर्फ आर्कर्षित भएका हुन् ।
सिचाँई सहित कृषि विकास कार्यक्रम अन्र्तगत पुर्वाधारको हकमा कुल लागतको अधिकतम ७५ प्रतिशत र अन्यको हकमा अधिकतम ५० प्रतिशत अनुदान उपलब्ध गराईने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौवेले जानकारी दिनुभयो । धेरै आवेदन परेकाले आवश्यकताका आधारमा जाँचबुझ गरेर अनुदान वितरण गरिने चौवेले बताउनुभयो ।
किसानले सोझै निवेदन दिन पाउने भएकाले गत वर्ष देखि अनुदान माग गर्नेको संख्या ह्वात्तै वृद्धि भएको बताउदै उहाँले विभिन्न निकाय बाट अनुदान वितरण हुने भएकाले दोहोरोपन नहोस भन्ने उदेश्यले रुजु गरेर मात्र स्वीकृती दिईने बताउनुभयो ।
प्रतापपुर र सुस्ताका लागी पानी तान्ने मोटर वितरणका लागी छुट्टै आवेदन माग गरिएकोमा ८२ वटा आवेदन परेको छ । पाँच लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रममा मागको आधारमा ५० प्रतिशत अनुदान दिईने छ ।
यसैगरी व्यवसायीक तरकारी प्रर्वद्धन कार्यक्रम जिल्ला भर र सुनवलका लागी छुट्टै गरी १६ वटा माग निवेदन परेको छ । आलु खेती प्रवैद्धनका लागी ६ वटा निवेदन परेको छ । जसका लागी २५ लाख रुपैयाँ बजेट रहेको छ । तर आलु खेति ठुलो क्षेत्रफलमा गरेको हुनुपर्ने शर्त रहेको ज्ञानकेन्द्रले जनाएको छ ।
त्यस्तै विउमा आत्मनिर्भर कार्यक्रम अन्र्तगत (गहुँको बिउ) जिल्लाभर र रामग्रामका छुट्टै गरी १२ वटा माग निवेदन परेको छ । अधिकांश किसानले मोटर, पम्पसेट, डेलिभरी पाईपका लागी आवेदन दिएका छन् ।
यो कार्यक्रम अन्र्तगत सोलार सिचाँई, थोपा सिँचाई, लिफ्ट सिचाँई, बोरिङ्ग, मोटर पाईप, पम्पसेट लगायतका समाग्रि खरिद तथा सिँचाई कुलो, पोखरी, स्यालो ट्युबेल, डिप बोरिङ्ग आदि निर्माण तथा सुधारका लागी अनुदान दिने व्यवस्था रहेको ज्ञानकेन्द्रले जनाएको छ ।