बन क्षेत्रको संरक्षण अपरिहार्य :मन्त्री कलवार

  • hamroaakha
  • / लुम्बिनी /
  • २०८१ कार्तिक १०, शनिबार (५ महिना अघि)
  • १८८ पटक पढिएको

 

नवलपरासी ।लुम्विनी प्रदेश सरकारका नवनियुक्त बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु ) ले सवै मिलेर बन क्षेत्रको संरक्षणमा लाग्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

मन्त्री भएपश्चात पहिलो पटक गृह जिल्ला आउनुभएको मन्त्री कलवारले आज निर्वाचन क्षेत्रको विभिन्न स्थान भ्रमण गर्ने क्रममा जनता माझ भलाकुसारी गर्दै यस्तो बताउनुभएको हो ।
बन क्षेत्रको संरक्षणमा जुट्न आजको आवश्यकता भएकोले अब विस्तार कृर्षि र बन संगै संगै ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।यसमा थुप्रै चुनौतीहरु रहेपनी सबैको सहकार्यबाट आफू अघि बड्ने मन्त्री कलवारको भनाई थियो ।

मन्त्री भएपश्चात गृह जिल्ला आउनुभएका मन्त्री कलवारलाई जनताले यस क्षेत्र विविध समस्या समाधान गर्न आग्रह गरेका थिए सो क्रममा जनता माझ कलवारले यस क्षेत्रको चौतर्फी विकासका लागि आफुले जिम्मेवार जनप्रतिनिधीको रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस