वडाद्वारा सम्पन्न योजनाहरु सार्वजनिक

  • hamroaakha
  • / समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (५ महिना अघि)
  • १९८ पटक पढिएको

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १४ ले गत आवको योजना तथा कार्यक्रम सार्वजनिकीकरण गरेको छ । शुक्रबार वडा कार्यालय ले आर्थिक बर्ष २०८०÷८१ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरेको बताउनु भयो । अहिलेको स्थानिय सरकारलेको प्रयासले शिक्षाको गुणस्तरमा क्रमश वृद्धि भएको र शिक्षामा निति कार्यक्रम र बजेटलाई वृद्धि गराउदै लगिएको उहाँले बताउनुभयो। “ अहिले अपाङ्ग, सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ ।

वडा अध्यक्ष सन्तबहादुर गाहाले वडा स्तरीय बजेटको कार्यान्वयनको बिवरण सार्वजनिक गर्दै करिब ९० लाख २६ हजार रुपैयाँको कार्यक्रम सम्पन्न र चालु आर्थिक बर्षमा करिब ४ करोड ३५ लाख रुपैयाको बजेट बर्दघाट १४ मा रहेको गाहाले जानकारी दिनु भयो ।

उहाँले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा बर्दघाट नगरपालिका, प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदान, नगरको हिउँदे अधिबेशनबाट शीर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो ।

आर्थिक बर्षमा घरगोठ र जग्गा नामसारी, नगरिकता सिफारिस, नाता प्रमाणीत, अङ्ग्रेजी सिफारिस, आयस्रोत प्रमाणित, नगर पालिका सिफारिस, नगरिकता सिफारिस र अन्य सिफारिस गरि गत आवमा २ हजार ८ सय ९ वटा सिफारिस गरिएको छ ।

त्यस्तै घटना दर्ता तर्फ जन्म दर्ता १ सय २५ जना, मृत्यु दर्ता ४८ जना, सम्बन्ध बिच्छेद १५ वटा, बिबाह दर्ता ४४ वटा र बसाइँसराइ १ सय १३ वटा गरिएको वडा सचिब टकनाथ भण्डारीले जानकारी दिनु भयो । सामाजिक सुरक्षा तर्फ ७ सय ५४ जनालाई वडाले सेवा दिएको छ । वडाले गत बर्ष सम्पती कर, भुमिकर (मातपोत), सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि २४ लाख राजस्व संकलन गरेको छ ।

त्यस्तै स्वास्थ्य चौकीबाट ८ हजार ५ सय ४७ जनालाई ओपिटी सेवा दिएको छ । भने१ हजार ४ सय ६ जनालाई निशुल्क सेवा ल्याब सेवा, ५३ जनाले पुर्ण सस्थागत सुत्केरी सेवा, ८५ जना बालबालिकालाई पुर्ण खोप प्रदान गरिएको स्वास्थ्य चौकी प्रमुख मुक्तिराम बस्यालले जानकारी दिनु भयो ।

कार्यक्रममा बाबुराम गिरि, भुपेन्द्र रिजाल, टोप बहादुर ठकुरी, कमला पराजुलीलगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, विद्युतिकरण लगायतका बिषयमा प्रश्न उठाउनु भएको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आफ्नो वडालाई बिकास गर्ने र सेवा प्रवाहलाइ प्रभावकारीता बनाउन सार्वजनिकीकरण कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त भयो ।

गत सार्वजनिकीकरण कार्यक्रममा उपभोक्ता समितिले काम गर्दा कागजी झन्झट भएको भन्ने गुनासो आएपछि अहिले नगरले उपभोक्ता समुहले बनाउनु पर्ने कागजी कामको लागि नगरले किताब निकालेको बताउनु भयो । बर्दघाट नगरले वडा स्तरमा नै योजनाहरुको सम्झौता गरिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा सामाजिक बिकास समिति सयोजक एब वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्गले बर्दघाट नगरले शिक्षालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नु भयो । “ हामीले गत बर्ष भन्दा यस बर्ष शिक्षामा सत प्रतिशत बजेट बढाइएको छ ।“ गुरुङले भन्नु भयो । बर्दघाट नगर पालिका र वडा कार्यालयले चुस्त र दुरुस्त सेवा प्रवाहमा लागेको गुरुङले बताउनु भयो।

लामो समय सम्म महिला स्वयंसेबिका भइ काम गर्नुभएकोमा मन्जु पाण्डे रदाउन्नेदेवी स्वास्थ चौकिमा कार्यरत उत्कृष्ट कर्मचारी कल्पना डुम्रेलाई सम्मान गरिएको छ । वडा सदस्य सुजना बिश्वकर्माको स्वागत रहेको कार्यक्रमको संचालक वडा सचिव टंकनाथ पाण्डेले सञ्चालन गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस