बर्दघाटका अधिकारीले खिचेको जुम्लाकी “बड्डी” ब्राजिलका भित्तामा

 

नवलपरासी/पश्चिम्

पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्वीर‌ ब्राजिलको‌ साओ पाउलो सहरमा आयोजित (The BEAT Exhibition) नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो । कार्यक्रम यहि अक्टोबर महिनाको ९ देखि १९ तारिक सम्म‌ चलेको थियो ।

समाजशास्त्रका विद्यार्थी राज अधिकारीले जुम्लाको ग्रामीण परिवेशको अध्ययन अनुसन्धानका‌ क्रममा खिचेको यस तस्वीरलाई विदेशी दर्शकहरुले अत्यन्तै रूचाएका छन् । अधिकारी भन्छन् “नेपाली संस्कृति, भेषभुषा र चालचलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके नेपाली पर्यटनमा अवश्य टेवा पुग्नेछ” ।तस्वीरमा दुर दजारको भेषभुशा सगै मौलिकता झल्किएकोले तस्वीर बिम्ब भएको अधिकारीको भनाई छ।अधिकारी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाका स्थाई बासिन्दा हुन ।

” प्रकृतीले सिर्जना गरेका हरेक कुराको आफ्नै महत्व छ,प्रकृतीका हरेक कुरामा मेरो लगाव छ,लाग्छ तस्वीरमा पनि आत्मा हुन्छ,म त्यस्तो महसुस गर्छु यो मेरो लगाव पनि होला”अधिकारीको भनाई छ ।

यसअघि इटलीमा‌ आयोजित फोटो प्रदर्शनीमा समेत अधिकारीले खिचेको ग्रामीण महिलाको तस्वीर‌ प्रदर्शनमा राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस