पुर्वी नवलपरासी
जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको छ । सुराकीको आधारमा पुगेको प्रहरीले कावासोती फिल्म हलदेखि केही माथिको एक घरबाट शुक्रबार राति ११ जना जुवाडे समातेको हो ।
वडा नम्बर ३ स्थित चिन्ताहरण चोकको एक घरबाट जुवाडे समातिएका हुन् ।
जुवाडेको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धान जारी छ जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले भने ।