नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका रुपन्देही जिल्ला तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि बसेका विवेक गुरुङ घाइते भएका छ्न् ।उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।