नवलपरासी,पश्चिम्
नवलपरासीमा चाडपर्व लक्षित कार्ययोजना अनुरुप जिल्लाका बिभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरीएको छ ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अहिले बिपद सगै चाडपर्व नजिकिदै गएकाले यात्रुलाई थप असहजता हुने अवस्था रहेकाले सबै सरोकारवालाहरुको सहयोगमा मात्र यात्रु सहायता कक्ष सञ्चालन हुने बताउनु भयो ।सार्वजनिक यातायातमा चाडपर्वमा अपाङ्ग अशक्त र महिला आरक्षण सिटमा समेत अन्य ब्यक्तिहरु राखिने हुनाले यसलाई पनि ख्याल गरिदिन यातायात ब्यवसायिलाई श्रेष्ठले आग्रह गर्नु भएको थियो ।
चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले प्रहरीको जनशक्ति र श्रोत साधनको उच्चतम प्रयोग गरी चाडपर्वमा हुने बिभिन्न अपरधिक गतिविधिहरु नियन्त्रण गरिने बताउनु भयो ।
नवलपरासीमा महेसपुर,परासी बाईपास रोड,सुनवल,भुमही र बर्दघाटको त्रिबेणि चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।नेपाल प्रहरी र ट्राफिक प्रहरीले अप्ठ्यारोमा परेका यात्रु हरुलाई सहायता प्रदान गर्ने छ्न ।