नारायणीले तटबन्ध भत्काएपछी सुस्ता डुबानमा

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • १२५ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध भत्काएर बस्तीमा पसेपछि बस्ती जलमग्न बनेको छ ।

तिब्र गतिको बहावले १ नम्बर ठोक्कर नजिकै रहेको तटबन्ध भत्काउदा सैनिक टोलबाट बाढी बस्तीमा पसेको हो । बिहान थारु टोलबाट बस्ती पसेको बाढी अहिले तटबन्ध भत्काएर बस्तीमा छिरेपछि सुस्तामा जोखिम बढेको छ ।

सुस्तामा अहिले दुई सय घरमा बाढी पसेको छभने बाकि बस्ती पनि डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले जानकारी दिनुभयो।”म आफै डुबान क्षेत्रमै छु दिनभरी नै लगभग दुई सय घर जलमग्न छ,केही घरमै काठको अग्लो चाङ बनाएर बसेका छन ,कोहि आश्रय स्थलमा छन “जैसवालले भन्नुभयो ।


केहिलाई पक्कि घरको छतमा गएर बस्न भनिएको र सुरक्षा सतर्कता अपनाउन मस्जिदबाट माईकिङ समेत गरिएको जैसवालले बताउनु भयो ।अहिले सुस्ता स्थित झोलुङ्गे पुल नजिकैको सुस्ता घाट नजिकैको वाध समेत फुट्ने अवस्था देखिएकाले थप सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनु भयो ।

नारायणी नदीको गण्डक क्षेत्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ। अहिले राती बजेको ९ बजेको५८ हजार ७ सय ५० क्युसेक मापन अनुसार गण्डक ब्यारेजमा ५ लाख क्युसेक माथि पानीको बहाव रहेको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस