नुहाउने क्रममा गण्डक नहरमा बालक बेपत्ता

 

नवलपरासी,पश्चिम्

नहरमा डुबेर पश्चिम् नवलपरासीमा एक बालक बेपत्ता भएका छन ।प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित गण्डक नहरमा नुहाउने क्रममा सोही ठाउँका अनवर देवनका छोरा बर्ष १० का अस्लाम देवन बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको नहरमा नुहाउने क्रममा साझ ५:३५ बजेदेखी उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।स्थानियको सहयोगमा खोजतलास गरेपनी फेला नपरेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस