बर्दघाटको बासखोलामा ९ वटा घर भत्किए

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • १०५ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ बासखोलामा ९ वटा घर भत्किएका छन् । अविरल वर्षाका कारण एउटै गाउँका घर भत्किएका हुन् ।

स्थानिय कोशबहादुर आलेको ढुंगामाटोले बनेको २ तला, कादर दर्लामी, हरिबहादुर राई, तोमनसिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलबहादुर रुचाल, दलबहादुर राई, कुशबहादुर आलेमगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

घर भत्किएकाहरु आफन्तका घरमा आश्रय लिएर बसेका छन् । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।अविरल झरीले सुस्ताका केही बस्तिहरु समेत डुबानमा परेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस