|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?
पाँचथर —फिदिम नगरपालिका-४ गढीस्थित चिसापानीमा घरमा पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ ।
आदीवासी जनजाती महासंघको भवनसँगै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम-१२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको घटनास्थलमै ज्यान गएको हो ।
उनीहरु फिदिम-४ मा डेरामा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिहान साढे तीनबजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमा छोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ ।