पहिलो महिला भू-आर्जन अधिकृत पराजुलीद्वारा पदभार ग्रहण

  • hamroaakha
  • / समाचार /
  • २०८१ आश्विन ७, सोमबार (६ महिना अघि)
  • १४७ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

नवनियुक्त भुआर्जन अधिकृत कमला पराजुलीले पदभार ग्रहण गर्नु भएको छ ।सोमबार बिहारमा रहेको गण्डक योजना वाल्मीकि नगरको कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो ।

नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको २०८१/०६/०४ को मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई भुआर्जन अधिकृत नियुक्त गरेको हो ।

पदभार ग्रहण कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेपाली काङ्ग्रेसका नेता मुकुल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
पदबहाली सगै नवनियुक्त भू आर्जन अधिकृत पराजुलिले नेपाल भारतको सन्धी सम्झौता अनुरुपनै गण्डकको क्षेत्राधिकार भित्र रहेर काम गर्ने बताउनु भयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस