नवलपरासी,पश्चिम्
संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विविध कार्यक्रम सम्पन्न गरेको छ । सामाजीक उत्तरदायीत्व अन्तर्गत चिसापानी अस्पताल र सामुदायीक अस्पताल चौपत्तामा विरामीहरुलाई फलफुल वितरण गरिएको छ भने नगर प्रमुख शम्भुलाल श्रेष्ठले सहयात्री नेपालमा रहेका अपागं बालबालीकाहरुका निम्त्ती खाद्यान्न सहयोग वितरण गर्नुभएको हो ।
यसैगरी बर्दघाट ४ मा रहेको अटीजम केन्द्रमा रहेका बालबालीकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले परोपकारी भावनाले खोलिएका यस्ता संघ संस्थाहरुमा अन्य सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बर्दघाट नगरपालिका प्रवत्ता सन्त बहादु गाहा , सामाजीक बिकास समिति संयोजक भिम काजी गुरुगं , नेपाली कांग्रेसका नगर सभापति दामोदर जिशि , बर्दघाट नगरपालिका बडा न १ का वडा अध्यक्ष सन्दीप साकोटा , बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल लागतयको उपस्थिती रहेको थियो ।