उद्योग वाणिज्य संघ सुनवल र युनिर्भसल डेन्टल विच उपचार सहुलियत सम्झौता

  • hamroaakha
  • / अन्य /
  • २०८१ भाद्र ३१, सोमबार (६ महिना अघि)
  • ८६ पटक पढिएको

 

नवलपरासी,पश्चिम्

उद्योग वाणिज्य संघ सुनवल र युनिर्भसल डेन्टल होम विच दाँचको उपचारमा सहुलियत दिने सम्झैता भएको छ।उद्योग वाणिज्य संघ सुनवलका सदस्यहरले युनिर्भसल डेन्टल होमबाट सहुलियत लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

युनिर्भसल डेन्टल होमबाट मेटलको खोल व्रिजमा २५ प्रतिशत,दातको जरादेखि उपचारमा र वच्चाको जरादेखी उपचार, पुरै दात राखेको, राख्ने झिक्ने दात हालेको र मेटलको खोलमा २० छुट, पाउने सम्झैता पत्रमा उल्लेख छ।

त्यस्तै गरि दाँतको कलर, इ मेक्समा पनि २० प्रतिश छुट उद्योग वाणज्य संघका सदस्यहरुले पाउने छन।त्यस्तै वच्चाको दाँत निकालेको, दाँतमा पिन हालेको मा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ भने दात सफा गरेको, सर्जिकल १० प्रतिशत र दाँतमा तार वाधेकोमा ५ प्रतिशत समेत छुट व्यवस्था रहेको सम्झौता पत्रमा जनाइएको छ ।

उद्योग वाणिज्य संघका सदस्यहरुले औषधि उपचार गराउन जाँदा सक्लल परिचय पत्र देखाउनुपर्ने तथा परिचय पत्रको फोटोकपि पेश गर्नुपर्ने छ।त्यस्तै एकाघर परिवारको हकमा उद्योग वाणिज्य संघको सदस्यको आश्रित भएको कागजात पेश गर्नु पर्ने वताइएको छ।

आउदो असोज १ गते बाट कार्यन्वयमा जाने गरि सम्झौता भएको पत्रमा युनिर्भसल डेन्टल होमबाट वसन्त कुमार महतो र उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष रमेश कर्माचार्यले हस्ताक्षर गर्नुभएको छ।

आज दुवै पक्ष उद्योग वाणिज्य संघको कार्यलयमा उपस्थीत भएर सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस