पश्चिम नवलपरासीको रामग्राममा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका , ४, स्थित हुलाकी सडक पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले बिपरित दिशातर्फ बाट आउदै गरेको लु. प्र.०१-००२ प २०५४ मोटरसाइकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका ९ , बस्ने ३७ बर्षको प्रेम ढांडीको मृत्यु भएको हो । घाइते ढांडीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छ्न।