नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यपालिकाको बैठकलाई प्रत्यक्ष प्रशारण गर्न सुरु गरेको छ । नगरपालिकालाई शुसासन पारदर्शीता संगै कार्यपालिकामा भए गरेको निर्णय जनतालाई प्रत्यक्ष रुपमा जानकारी दिने उदेश्यले बैठकलाई पालिकाको आधाकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाको गतिविधी साथै कार्यपालिकाले गरेको महत्वपुर्ण निर्णय तत्कालै नगरबासीले थाहा पाउन भन्ने उदेश्यले कार्यपालिकाको बैठकलाई प्रत्यक्ष प्रशारण गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।
जस अनुसार आज ( सोमबार ) को कार्यपालिकाको बैठक बर्दघाट नगरपालिकाको आधाकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिएको छ ।
“प्राविधिक पाटोलाई अझ चुस्त बनाएर कसरी आम नागरिकलाई हेर्न सहज हुन्छ त्यसरी नै मिलाउदै छौ ।यो परिक्षण पनि हो”खनालले भन्नू भयो ।