नवलपरासीको सरावलमा रुख ढल्दा च्यापिएर महिलाको मृत्यु

  • hamroaakha
  • / लुम्बिनी /
  • २०८१ भाद्र ३०, आईतबार (६ महिना अघि)
  • १०१ पटक पढिएको

नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको सरावलमा रुख ढलेर च्यापिदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सरावल गाउँपालिका वडा नम्बर १ सालबास बस्ने बर्ष २७ कि पार्वती चौधरी रहेको प्रहरीले जनाएको छ ।

शनिबार ३:३० बजेको समयमा सोही ठाउँमा रहेको श्रीष्ठी साउदायीक बनको घोलामा श्रीमान सगै माछा मार्न गएकी उनको माछा मार्ने क्रममा सुकेको शिसौको रुख ढलि गर्धनमा चोट लागेको र उपचारकालागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा गएराती नै चिकित्सक मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

पोष्टमार्टमका लागि शव पृथ्वीचन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस