दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

  • hamroaakha
  • / बैँक / वित्त /
  • २०८१ भाद्र २७, बिहिबार (७ महिना अघि)
  • ९१ पटक पढिएको

यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस