क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको एकताको जिल्ला सम्मेलन हुदै

  • hamroaakha
  • / राजनीति /
  • २०८१ भाद्र २४, सोमबार (७ महिना अघि)
  • १२२ पटक पढिएको

नवलपरासी

संसदिय ब्यवस्थाको बिरोध गर्दै फरक रुपमा प्रस्तुत भएको   “क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल”नवलपरासीले संर्घषको रुपमा एकता सम्मेलन गर्ने जनाएको छ । आज बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि जनबिद्रोह आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले पार्टीकोल एकताको जिल्ला सम्मेलनले जिल्लाको वर्गसंर्घषको खाका बनाउने बताउनुभयो ।

सम्मेलन पछि पार्टी राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्ष संर्घष गर्ने उहाँको दावी थियो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा (मशाल) बीच एकताको बनेको पार्टी हो । पार्टीले यही असोज २ र ३ गते बर्दघाटमा एकताको जिल्ला सम्मेलन गर्दैछ ।

सम्मेलनमा सातै पालिकाका ११० जना प्रतिनिधि सहभागी हुने पार्टीले पत्रकार सम्मेलनमा जनाकारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस