त्रिबेणीबाट १२ फुट लामो साढे सैँतीस किलोको अझिङ्गरको उद्दार

  • hamroaakha
  • / समाचार /
  • २०८२ आश्विन २८, बुधबार (३ दिन अघि)
  • ११५ पटक पढिएको

नवलपरासी,पश्चिम्

पुर्वी नवलपरासीको त्रिबेणिबाट अझिङ्गर को उद्धार गरिएको छ ।बिनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ६ बाट ३७ दशमलव ५ केजीको अझिङ्गरको उद्घार गरिएको हो ।

स्थानियले खबर गरेपछी त्रिबेणि धाम नजिक बाट बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेले उद्घार गर्नु भएको हो ।

स्थानीय त्रसित भएपछि उनिहरुले लामिछानेलाई खबर गरेका थिए ।नियन्त्रणमा लिईएको अझिङ्गरलाई सुरक्षीत रुपमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाडिएको छ ।

अझिङ्गरको लम्बाई १२ फुट रहेको छ ।अहिले सम्म उद्घार गरीएका सर्पहरु मध्ये उक्त अझिङगर अहिले सम्मकै ठूलो भएको लामिछानेको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस