बर्दघाटको माकर हाटबजार बाट अवैध माछा जफत

बर्दघाट नगरपालिकाले स्थानीय हाटबजार बाट अवैध माछा जफत गरेको छ ।नगरको कृषी तथा पशुपन्क्षी शाखा सहित नगरप्रहरीको टोलीले बर्दघाट १ स्थित सोमबारे माकर हाटबाट माछा नियन्त्रणमा लिएको हो ।

खुलेयाम बिक्रिका लागि राखिएको बैखी प्रजाजीको मरेका भारतीय माछा जफत गरिएको वडा नम्बर १ का अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय एक बिक्रेताले ल्याएको झड्डै २५ केजि माछा नष्ट गरिएको छ ।जिल्लाका अधिकाङ्स बजारहरुमा भारत बाट आयात गरिएका माछाहरु खुलेयाम बिक्रीवितरण गर्ने गरिएको छ ।स्वास्थ्यकर्मीका अनुसार यसरी आयात हुने माछामा कोलिफर्म प्रयोग हुने हुदा यस्ता माछा खान अयोग्य हुन्छ्न ।

खुद्रा रुपमा आउने यस्ता माछामा स्वास्थका लागि घातक मानिपनी नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय बैखी माछा निर्बाध रूपमा नेपाली सीमावर्ती बजारमा बिक्रीवितरण हुँदै आएको छ । भारतीय माछा नेपाली बजारमा बिक्री हुँदा नेपाली माछा किसानलाई मर्का परेको माछा किसानको गुनासो छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस