जन्मदिनमा गौतमले विद्यालयलाई दिए ३२ इन्चको टेलिभिजन

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ बैशाख २४, सोमबार (११ महिना अघि)
  • ४२ पटक पढिएको

२४ बैशाख, नवलपरासी । पछिल्लो समय जन्मदीन मनाउने शैलिमा परिवर्तन हुँदै गैरहेको छ । केक काटे्ने र पार्टी गरेर खर्च गर्ने प्रबृत्तिलाई क्रमश परिवर्तन गर्दै कुनै न कुनै सामाजीक कार्यमा सरिक हुने र सहयोग गर्ने क्रम बढ्दै गएको छ ।
सोमबार बर्दघाट जेसीज बर्ष २०२४ का उपाध्यक्ष एवं अक्सफोर्ड एजुकेशन ग्लोवल हव बर्दघाटका संचालक महेन्द्र गौतमले जन्मदिनको अवसर पारेर सामुदायिक विद्यालयलाई सहयोग गर्नुभएको हो ।

गौतमले वडा नम्बर ३ मा रहेको जयन्ती आधारभुत विद्यालयलाई ३२ इन्चको टेलिभिजन प्रदान गर्नुभएको छ । पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि प्रयत्नशिल हुँदै आएको विद्यालयलाई शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउन टेलिभिजनले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले आफुले उपलब्ध गराएको गौतमले बताउनुभयो । यसको सहि सदुपयोग गर्न आग्रह गर्दै गौतमले आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याए सम्म विद्यालय संग कुनै न कुनै रुपमा सहकार्यका हातहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा सहभागि हुनुभएका बर्दघाट नगरपालिकाका उप प्रमुख रुद्रप्रकाश उपाध्यायले जन्मोतसवको अवसमा गरिने सामाजीक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभएको थियो । उहाँले उद्यमशील युवाहरुले आफ्नो सामाजीक दायीत्वलाई मनन गर्दै कुनै न कुनै रुपमा सामाजीक कार्य गर्दै गए सम्मुन्नत समाजको निर्माण हुने धारणा राख्नुभएको थियो ।

जन्मोतसवको अवसर पारेर विद्यालयमा आबश्यक रहेको टेलिभिजन प्रदान गर्नुभएकोमा गौतमलाई प्रधानाधयापक शेषकान्त सापकोटाले धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले विद्यालयको आर्थिक अवस्था सबल नरहेको र विपन्न बर्गका बालबालिकाहरुले अध्ययन गर्दै आईरहेकोले सबै पक्ष संग सहकार्य गर्दै शैक्षिक विकासमा अगाडि बढिरहेको बताउनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस