नवलपरासी ।बर्षाका कारण पहिरो खस्दा दाउन्ने सडक अवरुद्ध बनेको छ ।लगातार परिरहेको झरिका कारण पहिरो खसेपछी सवारी आउजाउ हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पुर्वि नवलपरासीका अनुसार दिउँसो १२:४० बजेको समयमा विनयी त्रिवेणी गा.पा. वडा नं. २ पैसठ्ठी मोड नजिकै पूर्व पश्चिम राजमार्गमा भारी बर्षाको कारण माथीबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको हो ।
प्रहरीले उक्त राजमार्ग प्रयोग गर्ने सम्पुर्ण सवारी साधन लगायत यात्रुहरुलाई बैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।