नयाँ घर सर्न नपाई खरानी,पूर्व मेयरले पोखे पिडा :मलाई हात्ती ठान्दाहुन् ५ करोड ॠणमा छु

जिल्लाका अधिकांस जनप्रतिनिधिका घर जलेर ध्वस्त भएका छ्न
  • hamroaakha
  • / समाचार /
  • २०८२ भाद्र २९, सोमबार (३ घण्टा अघि)
  • ६५४ पटक पढिएको

 

नवलपरासी,पश्चिम् । जेन्जीको आन्दोलनकामा भएको घुसपैठका कारण नवलपरासीमा सरकारी कार्यालय देखि ब्यक्तिगत सम्रचना समेत जलेर ध्वस्त भएका छ्न ।
स्थानीय तहका सबै कार्यालय र जनप्रतिनिधिका घर जलेर खरानीमा परिणत भएको छ ।जनताको पीडा सुन्ने जनप्रतिनिधि यतिबेला आफै मुर्छित छ्न ।बहालवाला जनप्रतिनिधि देखि पुर्व जनप्रतिनिधि सम्मका घरमा आगजनी र तोडफोड भएको छ ।

संविधान सभा सदस्य बिक्रम खनाल,बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ,पुर्व नगरप्रमुख धिरज शर्मा बस्याल,उपप्रमुख रुद्र प्रकाश उपाध्याय,प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,उप प्रमुख मानकुमारी चौधरी लगायतका ब्यक्तिहरुको निजि घर सम्पतिमा तोडफोड र आगजनी हुँदा करोडौको क्षती भएको छ ।

घर जलेर खरानी भएपछि सबै यतिबेला शोकमा छ्न ।बर्दघाट नगरपालिकाका पुर्व नगरप्रमुख धिरज बस्यालको सर्ने तयारीमा रहेको नवनिर्मित घर जलेर ध्वस्त भएको छ ।उनी निजि विद्यालय सञ्चालक हुन ।शिक्षा क्षेत्रमा गरेको लगानी र आफुहरुको बर्षौ देखिको परिश्रम खरानी भएको बस्यालले पीडा पोखेका छ्न ।”मलाई हात्ती ठान्दाहुन तर म ५ करोड ऋणमा छु”उनले सामाजिक सन्जालमा लेखेका छ्न ।पाल्पाको सामान्य घरमा जन्मिएको आफू लामो संघर्ष र मेहनत बाट अहिलेको सम्रचना आर्जन भएको र कहि कतै बाट आफुले अनुचित लेनदेन नगरेको र भोलिका दिनमा समेत त्यस्तो कुनै सोच नरहेको उनले प्रष्ट्याएका छन ।

“मैले कुनै चुरोट कारखाना वा रक्सी कारखाना चलाएको होईन राज्यले कतै अवसर नदिएपछि शिक्षा जस्तो पबित्र कार्यमा लागेको हु ! शिक्षा र समाजसेवा संगै लिएर जादा मेरो जिम्मेवारी नगरप्रमुखमा आई पर्यो त्यो काम बहुत ईमान पूर्वक गरे त्यस बखत कहि कसैको सामान्य मन दुखाएको भए पनि घरै जलाएर ध्वस्त पारिदिने कुकर्म गरेको छैन “बस्यालले भनेका छ्न ।

उनले थपेका छ्न -” नया घरमा त कोहि बस्दो रहेनछ भनेर फर्किएका आततायी हरूलाई फर्काएर लिएर जाने हरुको हुलिया अनि ब्यक्तिको पहिचानमा समाजले सहयोग गर्नु पर्दछ अन्यथा यो समाज मृतप्राय हुने छ र हाम्रा सन्ततीले सामाजिक सदभाव , भाईचारा अनि आत्मियता भन्ने कुनै भावना बुझ्ने छैनन”प्रदर्शनकारीले घर सोध्दा आफ्नै छिमेकिले घर देखाईदिएको भन्दै बस्यालले सामाजिक सन्जालमा समेत उक्त भिडियो पोष्ट गरेका छ्न ।भिडियो निकै भाईरल समेत बनेको छ भने सामाजिक संजाल प्रयोगकर्ताहरुले छिमेकीको भूमिकाप्रती आक्रोश ब्यक्त गरेका छ्न ।

जिल्लामा उनको मात्रै होईन संविधान सभा सदस्य बिक्रम खनालको घर समेत जलेर ध्वस्त छ ।उनी परिवार सहित आफन्तकोमा आश्रय लिएर बसेका छ्न ।नगर प्रमुख शम्भुलाल श्रेष्ठको रुपाकोट पार्टी प्यालेस समेत जलेर खरानी भएको छ भने उनको घरमा तोडफोड गरिएको र गरगहना र नगद समेत चोरी भएको श्रेष्ठले बताएका छ्न ।

यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवका दुईवटै घर तोडफोड र आगजनीले खारानी भएको छ ।घर पुर्ण रुपमा क्षतबिक्षद भएको छ ।आफ्नै नजिकका आफैले सहयोग गरेका ब्यक्तिहरुले क्षती गराएको यादवले बताएका छ्न ।प्रहरी प्रशासनकै अघि घर जल्दा प्रहरी मुखदर्शक बनेको भन्दै उनले रोष प्रकट गरेका छ्न ।उनि अहिले छिमेकि राष्ट्र भारतमा स-परिवार आश्रय लिएर बसेको बताईएको छ ।

यसै गरी सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय,पाल्हीनन्दन गाउँपालिककी उपप्रमुख फतिमा खातुन लगायत अन्य जनप्रतिनिधि को समेत घर जलाईएको छ ।सरकारी कार्यालय र निजि घर तोडफोड र आगजनी गर्नेहरुको क्रमिक रुपमा पहिचान हुँदै गएको र न्यायिक रुपमा अघि बढ्ने उनिहरुले बताएका छ्न । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले समेत सरकारी सम्पती सर्बोच्च अदालत जलाउनेहरु नेपाली हुन नसक्ने बताउदै जेनजी आन्दोलनमा घुसेर तोडफोड र आगजनी गर्नेहरुलाई कानुनी दायरामा ल्याईने बताएकी छ्न ।

सबै सरकारी कार्यालयका भौतिक संरचना कागजात र उपकरणहरु ध्वस्त भएपछि सहजै रुपमा सेवा प्रवाह हुने अवस्था देखिएको छैन ।स्थानीय तहहरुले सेवा सूचारु गर्न कार्यालय सरसफाइ गरिरहेका छ्न ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा राज्यको दमनका कारण गोली प्रहार बाट युवाहरुको ज्यान गएपछि आन्दोलनले उग्र रुप लिएको थियो ।गोली हान्न आदेस दिनेहरु विरुद्ध कानुनी कारबाही हुनुपर्ने चौतर्फी दबाब सिर्जना भएको छ ।पुराना दल र नेतृत्वको रवैयाले आम नागरिक आजित बनेपछि बितृष्णाका कारण आन्दोलने उघ्र रुप लिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस