सुस्ताको महलबारी बाट बिल बिजक नभएको खसी बोका बोकेको पिकप नियन्त्रणमा

नवलपरासी,पश्चिम् । प्रहरीले बिल बिजक नभएको खसी बोका लोड गरिएको पिकप गाडी नियन्त्रणमा लिएको छ ।सुस्ता गाउँपालीका २ स्थित महलवारी बाट खसी बोका नियन्त्रणमा लिएको हो ।

बिहिवार बिहान करिब १० बजेको समयमा चेकजाँच गर्ने क्रममा ग ३ च ४५२९ नम्बरको पिकप गाडीमा मरेका समेत दुई वटा बोका र खसी गरी ३३ वटा खसी बोका सहितको पिकपलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएको खसिबोका सहितको पिकप गाडी,चालक र खसी धनी सहित दुई जनालाई शुक्रवार आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस