क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट र सुस्तामा ज्ञापन पत्र

नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुदें ज्ञापन पत्र बुझाएको छ । सो क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार बिरोधी अभियान संचालन गरिरहेको पार्टीले स्थानीय तहलाई सचेत गराउने पहिलो चरणको काम स्वरुप ज्ञापन पत्र बुझाएको जानकारी दिए । उनले दोस्रो चरणमा भष्ट्राचारीहरुको भण्डाफोर र तेस्रो चरणमा जनकारवाही समेतको कार्यक्रम रहेको दावी गरे ।

कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्राचार बिरोधी अभियानलाई तीब्र गतिमा लैजाने पार्टीको निर्णय बमोजिम चरणबद्ध कार्यक्रमहरु हुने जानकारी गराए । ‘ हामीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइसकेका छौ, जिल्लाका बिभिन्न कार्यालयमा भएका बिकृति बिसंगति अनियमितता र पालिकामा ज्ञापन पत्र बुझाएपछि भष्ट्रहरुको भण्डाफोर सहित जनतालाई साथमा लिएर निर्मम ढंगबाट संर्घष गर्ने योजना बनेको छ ’उनले भने ।
कार्यक्रममा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारीले भष्ट्रचार , बिकृति , विसंगतिका बिरुद्ध, शिक्षा, स्वास्थ्य, सार्वजनिक सम्पतिको सुरक्षा, कृषि,यातायत , पर्यटनलगायतका बिषय समाबेश गरिएको ज्ञापन पत्र वाचन गरे । कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, पार्टीका जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गानारायण चौधरी , क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य समेत रहेका नगर ईन्चार्ज ज्ञान बहादुर केसीलगायत सहभागी थिए ।
ज्ञापन पत्र बुझ्दै बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बेला मौकामा ज्ञापन पत्र लिएर आउने पार्टीको कार्यक्रम प्रति सकारात्मक रहेको बताउदै ज्ञापन पत्रका मागहरु मध्ये नगरले पूरा गर्नसक्ने माग पूरा गर्ने र बाँकी प्रदेश र संघलाई पठाउने जिकिर गरे ।
पार्टीका नगर संयोजक राम प्रसाद अर्गेजाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पार्टीले बिगतमा पनि ज्ञापन पत्र बुझाएरको उल्लेख गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

‘वर्तमान राज्यसत्ता र त्यसका संचालक घुसखोर, भ्रष्ट र कमिसनखोरहरुको सत्ता र संस्थागत भष्ट्रचारको केन्द्र बनेको जनता सामु थप स्पष्ट बन्दै गएको छ । भष्ट्र तथा कमिशनखोरहरुलाई राज्यले कानुनी कारवाही गर्न नसक्दाँ जनता थप निराश बन्दै गएका छन् । जनतामा छाएको चरम निराशालाई चिर्न हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भष्ट्राचार बिरोधी अभियान संचालन गरेको छ ’ भनिएको छ ।

यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ता गाउँ नगर संगठन समिति सुस्ता गाउँपालिकालाई १९ बुदें ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्रचारमा संलग्न जोसुकै भएपनि कारवाही गर्न गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायलाई आग्रह गरे । सो अवसरमा पार्टीका सुस्ता गाउँ पालिका सदस्य समेत रहेका बिद्यार्थी नेता शत्रुघन ठाकुरले ज्ञापनपत्र वाचन गरेका थिए ।

पार्टीका सुस्ता गाउँपालिका संयोजक सोम बहादुर विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा माग पूरा गर्न चेतावनी दिदै भनिएको छ ‘ वर्तमान राज्यव्यवस्था, सत्ता सञ्चालक राजनीतिक पार्टीहरुप्रति जनताको ठूलो अविश्वास सडकमा प्रकट भईरहेको छ । यो एक असाधारण स्थिति हो ।

यस्तै यस्तै बेला मुलुकहरुमा फासिवाद, प्रतिगमन या क्रान्तिका परिवेशहरु तयार हुने गर्दछन् । यो संकटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य हो । यो ज्ञापन पत्रमा राखिएका तमाम मागगहरु यथाशीघ्र कार्यान्वयन गरियोस् । यसलाई वेवास्ता गरिएमा हामी चरणबद्ध आन्दोलन कार्यक्रममा सार्वजनिक गर्न बाध्य हुनेछौँ । हाम्रो पार्टी सम्बन्धित सबैमा निराशा होईन अग्रगामी बिकल्पको खोजी गर्न अनुरोध गर्दछौं ।’

कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी , ज्ञान बहादुर केसी , गाउँ समिति सदस्य शिव कुर्मीलगायत सहभागी थिए । पार्टीले सातवटै पालिकामा ज्ञापन पत्र बुझाउने योजना रहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस