प्रदेशले आईतवार दिएको बिदाको साटो सुस्ताले भदौ १५ गते दिने

  • hamroaakha
  • / समाचार /
  • २०८२ भाद्र ५, शुक्रबार (३ हप्ता अघि)
  • १२९ पटक पढिएको

नवलपरासी,पश्चिम्

थारु समुदायको विषेश चाडको रुपमा लिईने बड्कि अत्तवारी पर्वमा आईतवार लुम्बिनी प्रदेशले सरकारले सार्बजनिक विदा दिएको छ ।लुम्बिनी प्रदेशभरीका सरकारी कार्यालयहरु उक्त दिन बन्द हुने भएपनी सुस्ता गाउँपालिकाले आईतवार कार्यालय नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

गाउँपालिका आज एक सुचना जारी गर्दै आईतबार क्कबिदा नहुने उल्लेख गर्दै त्यसको साटो भदौ १५ गते आईतवार बिदा दिईने उल्लेख गरिएको छ ।सुस्तामा समुदाय स्तरमा आईतबारी पर्व भदौ १५ गते मनाउने भएकाले आईतबारको साटो उक्त दिन बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

“यता आईतवार कसैले पनि मनाउदैनन सबैले १५ गते मनाउने भएकाले उक्त दिन बिदा दिने भएका हौं,गत बर्ष पनि यस्त गरेका हौं “पालिका अध्यक्ष टेकनारायण उपाद्यायले भने ।

वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

विशेष गरी थारु समुदायको बाहुल्यता रहेको सुदुरपश्चिम् र लुम्बिनी प्रदेशमा बडकी अतवारीलाई धुमधामका साथ मनाईने गरीन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस