नवलपरासी,पश्चिम्।पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा रहेको बागमती खाडसारी चिनि मिल्समा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुस्ता २ कुडिया निवासी बर्ष ३८ को बिजय हजाम रहेका छ्न ।दिउँसो २:३० बजेको समयमा चिनी मिलको पाईपलाईनमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी करिब २० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।
खसेर गम्भीर घाईते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चैपत्तामा उपचारको क्रममा दिउँसो तीन बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।करेन्ट लागेर लडेका उनलाई तल खस्दा थप चोटपटक लागेको स्थानियले बताएका छ।उनी बिगत १६ बर्षदेखी उक्त मिलमा काम गर्दै आएका थिए ।