नवलपरासीमा मलको कोटा वृद्धि गर्न र डिप बोरिङ ब्यवस्था गर्न माग

नवलपरासी पश्चिम् । नवलपरासीमा मलको कोटा बढाउन माग गरिएको छ।मलको अभाव सगै पानी समेत नपरेपछि डिप बोरिङ समेत माग गरिएको छ ।लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवार र वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु)ले नवलपरासी जिल्लामा मलखादको कोटा वृद्धि र डिप बोरिङको व्यवस्था तत्काल गरिनुपर्ने माग गरी यस प्रती प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

प्रदेश सदस्य कलवारले नवलपरासीको समग्र अवस्था अवगत गराउदै मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीसमक्ष मलखादको कोटा वृद्धि र २०० थान डिप बोरिङको माग गरेका गर्नु भएको छ ।

प्रदेश सभा सदस्य कलवारले प्रदेश प्रमुख मन्त्री र अन्य सरोकारवाला मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउदै नवलपरासी जिल्लामा रासायनिक मलको कोटा २०% ले वृद्धि गर्नुपर्ने माग गरिएको छ ।

“रुपन्देहीलाई २८ प्रतिशत दिइएको छ हामिकहाँ यत्रो धान खेती छ,तर ७ प्रतिशत मात्रै छ यो न्यायोचित होईन”मन्त्री कलवारले बताउनु भयो ।

खडेरीको समस्याले पनि नवलपरासीका कृषकहरुलाई आक्रान्त बनाएको छ ।सोही कुरालाई ध्यानमा राख्दै २ सय ओटा डिप बोरिङ समेत माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको छ ।
“मुख्य मन्त्री जि ले कृषि मन्त्री सग पनि कुरा राख्दिनु भएको छ,हामी बिश्वस्त छौ”मन्त्री कलवारले भन्नू भयो ।

“नवलपरासीमा पानीको अभाव र मलखादको कमीका कारण कृषकहरूको अवस्था दिनानुदिन जटिल बन्दै गइरहेको छ। यसले उत्पादनमा गिरावट ल्याउने खतरा उत्पन्न गरेको छ,” मन्त्री कलवारले भन्नुभयो, मलखादको आपूर्ति बढाउनु र डिप बोरिङको व्यवस्था गर्नु अत्यन्त आवश्यक छ। यसले कृषकहरूलाई उत्पादन वृद्धि गर्न मद्दत पुर्याउने छ र कृषि समस्यामा दीर्घकालीन समाधान प्रदान गर्नेछ।”

ताजा अपडेट

खोजी गर्नुहोस