चोरी भएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाईयो

  • hamroaakha
  • / समाचार /
  • २०८२ श्रावण ५, सोमबार (१ महिना अघि)
  • ११६ पटक पढिएको

 

नवलपरासी,पश्चिम ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतको महराजगंज जिल्ला, थाना निचलौल क्षेत्रबाट हराएको मोटरसाइकल फेला पारि सम्बन्धित धनिलाई बुझाएको छ ।

गत असार२३ गते भारका निचलौलमा पार्किङ गरि राखिएको अवस्थामा हराएको यूपि ५६ यूपी २३८१ नम्बरको मोटरसाइकल हराएको हुदा खोजिको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा निबेदन दिएका थिए ।

प्रहरीद्वारा खोजतलास तथा हुलिया परिपत्र जारी गरिएपछि आज साउनको ५ गते खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका–७, उजैनीस्थित निर्मल डोमको घरबाट उक्त मोटरसाइकल फेला पारी कार्यालयमा ल्याएर मोटरसाइकल धनी भारतको महराजगंज जिल्ला निवासी ३५ वर्षीय दिपुलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जनकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस